बैतडीमा पनि मनाईयो जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस

बैतडी : १८ औँ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्टिय दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । प्रभात र्याली संगै दलित समुदायको योजना तर्जुमा सहभागिता र वालविवाह न्युनीकरण सम्बन्धि अन्तरकृया कार्यक्रम गरेर मनाइएको छ ।

दसरथचन्द नगरपालिकाको सहयोगमा दलित समाज विकास मञ्च बैतडीले सरोकारवालाहरु सहितको अन्तकृया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिती नेकपा एमालेका केन्द्रीय सदस्य एवम पूर्व प्रदेस सभा सदस्य लिलाधर भट्टले यस्ता दिवसलाई प्रत्यक स्थानीयतहले टोलटोलमा मनाउनु पर्नेमा जोड दिएका छन् । अझै पनि समाजमा विभिन्न बहानामा विभेद भइरहेकाले यस्ता कार्यक्रमले ति विभेद हटाउनमा सहयोग पुग्ने प्रमुख अथिती भट्टले बताए ।

जातीय विभेद नगर्न र गरेको पाइएमा कानुनी कार्वाहि गरिने भनेर सबै स्थानीयतहलाई परिपत्र गरेको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बताउनु भयो । बोलीमा मात्र नभएर व्यवहारबाट पनि विभेद हटाइनु पर्ने दलित समाज विकास मञ्चका सचिव बलभद्र दयालले बताउनु भयो । यसै दिवसको अवषरमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक दिपक गिरीले पनि वालविवाह र जातिय विभेद समवन्धि कानुनको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया छाेड्नुहाेस्