बैतडी : दशरथचन्द नगरपालिका रोजगार सेवा केन्द्रले रोजगार रणनिति निर्माण सम्बन्धि सरोकारवाला र रोजागार सेवा समिति संग छलफल र अन्तरक्रिया गरेको छ ।
संघिय रोजगार तथा श्रम मन्त्रालयको परिपत्र अनुसार रोजगार रणनिति निर्माण गरिन लागेको हुनाले छलफल गरिएको हो । रोजगार शाखाले पाँच वटा रोजगार रणनिति निर्माण गरी ति निर्माण गरेका राणनिती माथी छलफल गरी सुझाव संकलन गरिएको दशरथचन्द नगरपालिका रोजगार शाखा प्रमुख नन्द राज जोशीले बताउनु भयो ।

आन्तरिक रोजगार सृजना, उद्यमशिल्ता तालिम, सिपमुलक तालिम, बैदेशिक रोजगार प्रवद्धन र कृषि तथा पशुपन्छी विकास निर्माण सम्बन्धि रोजगार रणनिति निर्माण गरिएको र सुझावबाट आएका थप रणनिति पनि समेटेर अन्तीम रुपदिने रोजगार शाखाले जनाएको छ ।
यस्ता रणनितिले नगरपालिकाभित्र रोजगारीको सृजना गर्नमा महत्वपूर्ण भुमिका खेल्ने हुनाले नगरपालिकाभित्रको स्थानिय स्रोतसाधनलाई मध्यनजर गर्दै रोजगार रणनिती निर्माण गर्न शाखालाई कार्यक्रमका सभाअध्यक्ष एवम नगरपालिकाका उपप्रमुख कौसिला चन्दले सुझाव दिनु भयो ।