बैतडी- महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औ प्रतिवेदन अनुसार दशरथचन्द नगरपालिका सहित बैतडीका चार पालिकामा एक प्रतिशत भन्दा बढी बेरुजु देखिएको छ ।
आर्थिक बर्ष २०७९/०८० मा जिल्लाको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका र शिवनाथ गाउँपालिकामा १ प्रतिशत भन्दा कम रकम बेरुजु देखिएको हो ।
१ प्रतिशत भन्दा कम रकम बेरुजु आउनेमा सुदूरपश्चिम प्रदेशभरीमा जम्मा १० स्थानियतह रहेकोमा बैतडीकै चार स्थानियतह परेकाछन् । आर्थिक अनुशासन कायम गर्ने आधारमा कारोबारको अभ्यास गरेकाले बेरुजु घटाउन सम्भव भएको दशरथचन्द नगरपालिकाका, बैतडीका लेखाशाखा प्रमुख राम बहादुर चन्दले बताउनुभयो ।
बैतडीको दोगडाकेदार, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिका समेत यस वर्ष बेरुजु कम गर्नमा अग्रसर देखिएका छन् ।
नगरपालिकामा आर्थिक सुशासन कायम राख्न जनप्रतिनिधिहरुको कुशल नेतृत्वदायी भुमिका र कर्मचारीहरुको कार्यान्वयनमा पारदर्शीता जरुरी रहेको दशरथचन्द नगरपालिकाका सुचना अधिकारी राज बहादुर बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘आर्थिक अनुशासन कायम राख्न दशरथचन्द नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लागिपरेका छौँ ।’
आगामी दिनमा बेरुजु शुन्य बनाउनुका साथै आर्थिक अनियमीततामा शुन्य सहनसिलता अपनाउने आधारमा काम गर्न आफुहरु क्रियाशिल रहेको उनको भनाई छ ।