बैतडी- मनसुनको समय नजिकीएसंगै बैतडीमा मनसुनजन्य विपदका घटनाको प्रतिकार्यका लागि पुर्व अभ्यास थालिएको छ । नेपाल–भारत सिमानाका माहाकालीमा विपद् प्रतिकार्यका लागि अभ्यास थालिएको हो । जिल्ला विपद व्यवस्थापन समितिको अगुवाईमा शसस्त्र प्रहरीले माहाकाली नदीमा विपद प्रतिकार्य अभ्यास गरिरहेको शसस्त्र प्रहरीबल ५१ नम्बर गुल्मका शसस्त प्रहरी निरिक्षक रमेश विष्टले बताउनुभयो ।
माहाकालीमा शसस्त्र प्रहरीले बाढी एवं नदीमा बगेका व्यक्तिहरुको उद्धारको अभ्यास गरिरहेको उहाँले बताउनुभयो । यससंग ग्याँस सिलिण्डरबाट हुने आगलागी नियन्त्रणका लागि समेत सचेतना डेमो देखाईएको थियो ।
विपद प्रतिकार्यका लागि जिल्ला विपद व्यवस्थापन समितिले जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र चौबिसै घण्टा संचालनमा ल्याई काम गरिरहेको विपद व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनुभयो । उहाँका अनुसार जिल्लामा हुने जुनसुकै विपदका घटनाको प्रतिकार्यका लागि जिल्ला विपद व्यवस्थापन समिति तयारी अवस्थामा छ ।