न्युनतम सेवा मापदण्डमा बैतडी अस्पताल ९३ अंक सहित यथावत

बैतडी- पछिल्लो समय गरिएको न्युनतम स्वास्थ्य मापदण्डका आधारमा जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अंक सहित यथावत स्थानमा रहेको पाईएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय र निक साइमन इन्च्यिुटले गरेको सयुक्त अनुगमनले जिल्ला अस्पताल न्युनतम स्वास्थ्य सेवा मापदण्डका आधारमा यथावत देखीएको हो । गएको पुषमा गरिएको न्यनतम सेवा मापदण्डमा पनि बैतडी अस्पताल ९३ प्रतिशत अंक सहित उत्कृष्ट भएको थियो भने सो भन्दा अगाडी गएको वर्ष ९५ प्रतिशत अंकसहित देशकै उत्कृष्ट बनेको थियो ।

प्रत्येक ६/६ महिनामा गरिने अनुगमनमा अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रको प्राविधिक सुविधा, भौतिक व्यवस्थापन र जनशक्ति लगायतका सुचकका आधारमा अंक प्रदान गर्ने गरिएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुशिल विकले बताउनुभयो ।

जनशक्ती अभावका कारणले गर्दाले पनि गत वर्षको तुलनामा यो वर्ष न्युनतम स्वास्थ्य सेवा मापदण्डका आधारमा केही कमी आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।

लेखापाल सहित नवौँ तहका डाक्टरको दरबन्दी समेत अभाव रहेको जिल्ला अस्पताल बैतडीका नायब सुब्बा उमेश पन्तले बताउनुभयो । ५० सैय्याको दरबन्दी स्वीकृतीका लागि पटक–पटक आग्रह गरिएपनि अझै स्वीकृत पाउन सकिएको छैन् ।

प्रतिक्रिया छाेड्नुहाेस्