को हुन् सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री पाल ?

प्रोफाइल- २०२८ साल चैत्र १२ गते बैतडीको डिलाशैनी गाउँपालिका- ३ पंसेरामा जन्मनुभएका सुरेन्द्र पालले २०४८ सालदेखि आधिकारिक रुपमा पार्टीको राजनीति सुरु गरे ।

पार्टीगत राजनीति सुरु गर्नु अगावै कम्यूनिष्ट बिचारधाराबाट प्रभावित पाल पार्टी सदस्यता लिएको ६ वर्षमै अर्थात २०५४ सालमा तात्कालीन रुद्रेश्वर गाविस अध्यक्षमा निर्वाचित भए ।

२०५८ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य निर्वाचित पाल २०६१ मा सचिवालय सदस्य र ०६६ मा पार्टी सचिव भए ।
२०७१ मा पार्टी उपाध्यक्ष बन्दै कार्यबहाक अध्यक्षको जिम्मेवारी समेत समालेका पाल ०७४ मा भएको प्रदेश सभाका निर्वाचनका लागि क्षेत्र नं. क बाट सर्वसम्मत सिफरिस भएपनि एकीकृत माओवादी संगको गठबन्धनले (क) क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि गाठबन्धनका आधिकारिक उमेदवार प्रेमप्रकास भट्ट (आदित्य) लाई सहयोग गरी चुनाव जिताउनमा समेत प्रमुख पात्र बने ।

चुनाव जित्न चुनौती भएका बेला ०८९ मा नेकपा एमालेले पाललाई प्रदेश (क) बाट चुनाव लडाउने निर्णय ग¥यो । नेपाली कांग्रेस र माओवादी केन्द्रको शक्तीशाली गठबन्धनलाई चिर्दै पाल प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

०८१ जेठमा नेकपा एमाले पालकै नेतृत्वमा सुदूरपश्चिम सरकारमा सहभागी भयो । पालले ०८१ जेठ २८ गते प्रदेशको महत्वपुर्ण आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समाले ।

सार्वजनिक रुपमा कम बोल्ने पाल नेकपा एमालेको प्रभावसाली नेताको रुपमा चिनिदै आएका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्