दोस्रो चर्मण्वती साहित्य सम्मेलनको तयारी पुरा

बैतडी : भोलीबाट संचालन हुने दोस्रो चर्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठीको तयारी पुरा गरिएको छ । गत वर्षदेखी राष्ट्रियता संक्षण अभियानले गंगा दशहर पार्वको अवषर पारेर बैतडीको गोकुलेश्वर स्थित चमेलिया नदीतटमा आयोजना हुने चर्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठीको आयोजना गर्दै आएको छ ।

चमेलीया नदीको पौराणिक, धार्मिक, ऐतिहासिक, अध्यान खोज अनुसन्धान र यस क्षेत्रको भाषा साहित्य कला सस्कृतीको संरक्षण र समवद्धन गर्ने उद्देश्यले चर्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठीको आयोजना गरिरहेको राष्ट्रियता संक्षण अभियानका अध्यक्ष एवम् साहित्यकार हेमबाबु लेखकले बताउनु भयो ।

दोस्रो चर्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठीका उदघाटन भोली विहान १० बजे सुदुरपश्चिम विश्व विद्यालयका उपकुलपती प्राध्यापक डा. हेमराज पन्तले गर्नेछन् ।

दोस्रो चर्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठीको मुख्य प्रवर्धक डिलासैनी गाउँपालिका बैतडी, प्रवर्धकमा दार्चुलाका अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका लेकम गाउपालिका, शैल्यशिखर नगरपालिका र बैतडीका दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिका रहेका राष्ट्रियता संक्षण अभियानका सचिव जिज्ञासु खत्रीले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्