शिक्षक बागलाई शहीद दशरथचन्द स्मृति शिक्षा सेवा सम्मान

बैतडी- मेलौली नगरपालिका– २ स्थित केदारेश्वर माद्यमिक विद्यालयका शिक्षक लक्ष्मणदत्त बागलाई शहीद दशरथचन्द स्मृति शिक्षा सेवा सम्मानद्वारा सम्मानित गरिएको छ । बैतडीको डिलाशैनी गाउँपालिका- ६ गोकुलेश्वरमा आयोजित चर्मणवती साहित्य सम्मेलन तथा नेपाल–भारत काव्य गोष्ठिको अवसरमा उहाँलाई सम्मान गरिएको हो ।

लामो समयदेखि इमान र नैतिक आचारसंहितमा रहेर शिक्षण पेशा गरिरहेका बागलाई सम्मान गरिएको राष्ट्रियता संरक्षण अभियानका अभियान्ता एवं संरक्षणका अध्यक्ष हेमबाबु लेखकले बताउनुभयो । उहाँले भन्नुभयो ‘बाग सरको पेशाप्रति लगनशीलता र इमानदारीताको उच्च सम्मान गर्दै उहाँलाई सम्मान गरेका हौँ ।’ शिक्षक बागलाई सुदूरपश्चिम विश्व विद्यालयका उपकुलपती हेमराज पन्तले सम्मानपत्र प्रदान गरेका हुन् । यस्तै डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले उहाँलाई रुद्राक्षको माला पहिराएर सम्मान गरेका हुन् ।

शिक्षण पेशामा रहेर हजारौँ विद्यार्थीलाई अध्यापन गरेका बाग गणीत तथा विज्ञान विषयका शिक्षक हुन् । बाग मेलौली नगरपालिका–३ बागगोठका स्थानीय हुन् ।

यस्तै सम्मेलनको अवसरमा उपकुलपती पन्तले सुदूरपश्चिमको पहिलो सरकारी शिक्षीका कृष्णा विष्टलाई समेत सम्मान गरेको छ । उहाँलाई द्वारीकादेवी ठकुरानी स्मृति सम्मानद्वारा सम्मान गरिएको हो ।

प्रतिक्रिया छाेड्नुहाेस्