बैतडी- आज १० औँ अन्र्तराष्ट्रिय योग दिवस बैतडीमा पनि पनि मनाइएको छ। जिल्ला सदरमुकाम गोठलापानीमा पतंञ्जली योग समिति समितिले दिवस मनाएको हो । “आफू र समाजका लागि योग” भन्ने नाराका साथ योग दिवस मनाइएको पतंञ्जली योग समिति बैतडीका अध्यक्ष दुर्गादत्त जोशीले बताउनुभयो । समितिले बैतडीमा नियमित योग शिविर समेत संचालन गरिरहेको छ ।

सदरमुकाम गोठलापानीस्थित निर्माण व्यवसायि संघ बैतडीको सभाहलमा समितिले नियमित योग शिविर संचालन गरिरहेको हो । यस्तै जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र मेलौलीको आयोजनामा समेत मेलौलीमा योग दिवस मनाइएको छ । योगका विभिन्न आसन र प्राणायाम गरि कार्यक्रम मनाइएको योग प्रशिक्षक राज बहादुर चन्दले बताउनुभयो।

स्वस्थ र तनावरहित जिवनयापनका लागि योगको महत्वपूर्ण भूमीका रहेको योग प्रशिक्षक चन्दको भनाई रहेको छ। आसन प्राणायाम गर्दा नसा च्यापिएको, मुटुरोग सम्बन्धि, स्वास रोगका लागि योग आवश्यक रहेको जनाईएको छ। स्वस्थ जीवनका लागि योग गर्न अपरिहार्य रहेको भन्दै उनले योगले फिटसेन राख्नुका साथै चित्त शुद्धि, मन समेत शान्त राख्ने काम उहाँले बताउनुभयो।

पाटन नगरपालिकाले पनि योग दिवस मनाएको नगर उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो ।