बैतडी कारागारमा एक महिने वेल्डिङ सिप विकास तालिम

बैतडी- जिल्ला कारागार बैतडीमा संचालित एक महिने वेल्डिङ सिप विकास तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बैतडीको सहयोगमा जिल्ला कारागार बैतडीमा संचालित तालिम सम्पन्न भएको कारागार प्रमुख धारा भण्डारीले बताउनुभयो ।

‘स्वदेशी उत्पादन अभियान : उद्यमीको सम्मान’ भन्ने नाराका साथ आयोजना गरिएको तालिममा जिल्ला कारागार बैतडीका कैदी तथा बन्दीहरुको सहभागिता रहेको थियो ।

तालिमले कैदीबन्दीहरुको खाली समयको सदुपयोग हुनुका साथै उद्यमी बन्न पनि प्रेरित गरेको छ । कैद भुक्तान गरिसकेपछिको समयमा उद्यम गरेर आफ्नो जिवनयापन सहज रुपमा संचालन गर्न तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ । १५ जना कैदीबन्दीले तालिम लिएको भण्डारीले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय, बैतडीले अन्य ठाउँमा पनि सिप विकासका तालिमहरु गर्दै आइरहेको छ ।

०८१ जेठ ८ गते देखि संचालन भएको तालिम सम्पन्न भएको घरेलु तथा साना उद्योग विकास कार्यालय, बैतडीका प्रमुख अम्बादत्त जोशीले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्