मेलौली नगरपालिकामा मसलन्दको लागि वडा अध्यक्ष र कर्मचारी विच झगडा

बैतडी : बैतडीको मेलौली नगरपालिकाकामा वडा अध्यक्षले जिन्सी शाखा प्रमुखमाथि मसलन्दको रकम सम्बन्धमा कुटपिट गरेको आरोप लागेको छ । बिहीबार वडा अध्यक्षले कर्मचारीमाथि कुटपीट गरेको भन्दै अत्यावश्यक बाहेकका सेवा ठप्प पारेर कर्मचारीहरुले विज्ञप्ती निकाल्दै आन्दोलनमा उत्रेका हुन् ।

वडा न. ९ का अध्यक्ष लोकराज भट्टले जिन्सी शाखामा कार्यरत सहायक पाचौँ चक्रमणी जोशीमाथि कुटपीट गरेको कर्मचारीहरुले विज्ञप्तीमा आरोप लगाएका छन् । विज्ञप्तीमा सुरक्षाको प्रत्याभूती हुनुपर्ने, काम गर्ने वातावरण हुनुपर्ने, दोषीलाई कारवाही हुनुपर्नेे माग गरिएको छ । वडाले विनियोजन गरेको ५० हजारको मसलन्द समान खरिदका विल भुक्तनीका लागि नगरपालिका पुगेका वडा अध्यक्ष भट्ट र जिन्सी शाखा प्रमुख जोशी विच झगडा भएको हो ।

वडाअध्यक्ष लोकराज भट्टले भने दोहोरो हातपात भएको बताएका छन् । उनले वडाको बजेट वडाको सिफारिस बिनै किन खर्चेको भनि प्रश्न गर्दा कुर्सीबाट उठेर आएको र हातपातको स्थिती सिर्जना भएको बताउनु भयो ।

अध्यक्षज्यु विललिएर आउनु भएको थियो यसमा प्रक्रिया मिलेको छैन र नगरपालिकाबाट पनि वडा सचिवले केहि मसलन्दको समान लगेकाछन् त्यो रकम घटछ भन्दा आफुमाथी आक्रमण गरेको जिन्सी शाखा प्रमुख जोशीको आरोप छ । उनले भने “आफु यस्को प्रक्रियाको बारेमा प्रमुख प्रशासकिय अधिकृतसंग छलफल गरिरहँदा अध्यक्षले गाली गर्दै आक्रमण गरेका हुन” ।

आफुमाथि आक्रमण गर्ने वडा अध्यक्ष विरुद्ध मेलौली ईलकाप्रहरीमा निवेदन दिएको र प्रहरीले जिल्लामानै दिनुपर्ने भनी निवेदन नलिएको जिन्सी शाखा प्रमुख जोशीले बताउनु भयो । वडाले मसलन्दमा बजेट छुट्याउनु पाउछ तर खरिद आदेस दाखिला नगरपालिकामा मार्फतनै हुने हुँदा नगरपालिकाबाटनै खरिद गराउनु पर्ने कोषलेखा नियन्त्रक कार्यालय बैतडीका प्रमुख मदन मगरातीले बताउनु भयो । आफुले विवादको विषयमा बुझन नपाएको र नगरप्रमुख उपप्रमुख बाहिर भएकाले आज (शुक्रबार) छलफल गरिने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नरायण चन्दले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्