रोजगार सेवा केन्द्रमा सूचिकृत ९३ युवाले पाए सय दिनको रोजगारी

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सूचिकृत चार हजार एक सय जनामध्ये ९३ जनाले गाउँपालिकाका आठ वडाहरुमा विद्यालय घेरपर्खाल, बाटो निर्माण, मन्दिर घेरपर्खाल निर्माण लगायतका कामहरु सम्पन्न गरेका छन् । गाउँपालिकाका आठ वडाका १२ आयोजनाहरुमा उनिहरुका काम गरेका थिए ।

श्रीकोट बहुमुखी क्याम्पस घेरपर्खाल

सूचिकृत युवाहरुले गाउँपालिकाको घेरपर्खाल, श्रीकोट बहुमुखी क्याम्पस घेरपर्खाल र वडा नं. ४ को घेरपर्खाल निर्माणको काम समेत सम्पन्न गरेका हुन् ।

प्रधानमन्त्री रोजगर कार्यक्रम अन्र्तगत उनिहरुले विभिन्न आयोजनामा एक सय दिन बराबरको काम गरेको रोजगार सेवा केन्द्रका संयोजक शेर सिंह कार्कीले बताउनुभयो । कार्कीका अनुसार गाउँपालिकामा संचालित १२ योजनाको काम सतप्रतिशत सम्पन्न भएको छ ।

दोगाडाकेदार गाउँपालिका–४ नं. वडाको कार्यालय घेरपर्खाल

चालु आर्थिक वर्ष ०८०/०८१ मा रोजगार सेवा केन्द्रमा सूचिकृत युवाहरुले सन्तोषजनक काम गरेको प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र धामीले बताउनुभयो । वेरोजगार युवाहरुलाई गाउँपालिकाले वर्षेनी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत विभिन्न आयोजनाहरुमा एक सय दिन बराबरको रोजगार दिने गरेको छ । यसका साथै युवाहरुले विभिन्न वडाहरुमा युवाहरुले बाटो, मन्दिर घेरपर्खाल, विद्यालयहरुका घेरपर्खाल लगायतका कामहरु गर्दै आएका छन्।

भिडियो हेर्नुहोस !

प्रतिक्रिया छाेड्नुहाेस्