बर्षा: दनपा ९ का मानध्वज रानाको घर भत्कियो

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका ९ स्थित मनध्वज रानाको दुईतले कच्ची घर भत्किएको छ । लगातारको बर्षाले बैतडीमा रानाको घर भत्किएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर बलराम पाण्डेयले बताउनुभयो ।

घरमा बसोबास नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप बुझ्ने काम भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया छाेड्नुहाेस्