बैतडी पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

बैतडी– स्थानिय स्वमित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ बैतडीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

दश स्थानीय तहका ८४ वटै वडाहरुलाई पूर्णखोप घोषणा गरिसकेपछि एक कार्यक्रमका साथ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थ राज भट्टले बताउनु भयो । प्रमुख भट्टले भने “प्रत्यक घरधुरीमा स्वास्थ्यकर्मी गएर ५ वर्ष मुनीका सबै वालवालिकाकाहरुले पाउनु पर्ने सबै प्रकारका खोप पाएको छकी छैन् भनी सुनिश्चितता गरेपश्चात मात्र आज जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हौँ” ।

जिल्लाका सबै घरधरीमा सर्वेक्षणगर्दा ४ हजार ९५१ जन्मेका १५ महिना भित्रका वालवालिकामा पूर्ण खोप नलगाएका ३ जना, शुन्य खोप लगाएका २ जना खोप कार्ड नभएका ४३ जना भटिएका थिए । यस्तै १५ महिनादेखी ५९ महिना सम्मका १५ हजार १६ बालवालिकामा सुन्य खोप लगाएका १० जना र ४९ जनाले विचैमा खोप छोडेका भेटिएका स्वस्थ्य कार्यालय बैतडीका खोप सुपरभाजर हरिश प्रसाद भट्टले बताउनु भयो ।

खोप विचैमा छुटाएका र खोप नलगाएका बालवालिकाका अभिभावकहरुलाई खोप सम्बन्धि सम्झाई बुझाई गरि अगामी दिनका खोप नछुटाएर लगाउन सुझाव दिएको सुपरभाइजर भट्टले बताए । घोषण कार्यक्रम जिल्ला खोप समुन्वय समितिका संयोजक एवम जिल्ला समुन्वय समिति प्रमुख खगेन्द्र धामीको अध्यक्षता र जिल्लाका सबै सरोकारवलाहरुको उपस्थितीमा गरिएको थियो । घोषणा कार्यक्रममा १० वटै स्थानियतहका स्वास्थ्य शाखा प्रमुखहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्