प्रधानमन्त्री प्रचण्ड र समाजवादी मोर्चामा आबद्ध शीर्ष नेताहरु बीच भेटघाट

काठमाण्डौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू विच भेटघाट चलिरहेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा जारी भेटघाटमा प्रधानमन्त्रीका अलावा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, समाजवादी मोर्चाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव लगायतका नेता सहभागी छन् ।

एमालेले सहकार्य तोडेपछि कांग्रेससँग नयाँ सत्तागठबन्धन गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन्। अलमतमा हुँदापनि प्रधानमन्त्री प्रचण्ड २८ असारमा विश्वासको मत लिँदै छन् । भेटघाटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्