नयाँ कार्ययोजनाका साथ अघि बढ्यो पञ्चेश्वर स्वास्थ्य चौकी

पञ्चेश्वर स्वास्थ्य चौकीले आर्थिक वर्ष २०८१।०८२ मा गर्ने नयाँ कार्ययोजना घोषणा गरेको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठक वसी ल्याव सेवा निशुल्क गर्ने, ओटीसी सेन्टर संचालन गर्ने र गत वर्षका कार्यक्रमलाई पनि निरन्तरता दिने कार्ययोजनाको घोषणा गरिएको पञ्चेश्वर स्वास्थ्य चौकी प्रमुख सुरेस सार्कीले बताउनु भयो ।

गत वर्ष सम्म ल्याव सेवामा लिईदै आएको शुल्क चालु आर्थिक वर्षमा निशुल्क गरिने निर्णय भएको छ । स्वास्थ्य चौकीले ल्याव सेवा मार्फत सुगर, वलड, हेमोग्लोविन, विडाले, युरेन, जण्डीस, गर्भवती, एचविएसजी, युडीआरएल जाँच गर्दै आइरहेको छ ।

यस्तै ६ देखी ५९ महिना सम्मका कडा शीघ्र कुपोषण भएका र खानामा रुचि भएका तथा मेडिकल जटिल्ता नभएका वच्चाहरुलाई स्वास्थ्य सस्थामा राखेर सेवा प्रदान गरिने र गत वर्षदेखि संचालन हुँदै आएका कार्यक्रमलाई पनि निरन्तरता दिने निर्णय गरिएको प्रमुख सार्कीले बताउनु भयो ।

गतवर्षहरुमा वडा अध्यक्ष संग ६० वर्ष माथिका जेष्ठ नागरिलाई घरघरमा गएर उपचार गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइने वडा नं. १ का अध्यक्ष दिवान सार्कीले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्