बैतडी– बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सल्ला चम्तडाका २४ वर्षीय सुरेश साउँदको भारतको हरियाणामा गाडी दुर्घटनामा परेर मृत्यु भएको हो ।
रोजगारीको सीलशिलामा भारतमा रहेका साउँदको दुर्घटनामा मृत्यु भएको उनका दाई मोहन जोशीले बताउनुभयो ।
सुरेश ५ बर्ष पहिला देखीनै भारतको एक होटेलमा काम गर्थे। डिउटीबाट कोठामा जानेबेला उनलाई आईतबार राती गाडीले ठक्कर दिएको थियो ।