बैतडी– कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका बैतडीका युवकको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियास्थित पहाड रोडमा बेहोस अवस्थामा फेला परेका बैतडीको सुर्नाया गाउँपालिका वडा नम्बर ४ घर भएका अन्दाजी २४÷२५ वर्षीय राजेश साउँदको मृत्यु भएको हो ।
शनिवार साढे ११ बजे बेहोस भेटिएका साउँदको उपचारको क्रममा ११ः५५ मा अत्तरियाको पद्मा अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।










