अरु अस्पताल उपचार गर्न जाँदा यातायात खर्च ब्यहोरिने

बैतडी : वडाभित्रका साहारा विहिन जेष्ठ नागरीकलाई बाहिरको अस्पताल उपचार गर्न जाँदा लाग्ने यातायात खर्च पञ्चेश्वर स्वास्थ्यचौकीले वेहोर्ने भएको छ ।

जेष्ठ नागरीक संगै अनाथ बालवालिकालाई पनि अनेन्त्र उपचार गर्न जाँदा लाग्ने यातयात खर्च पनि स्वास्थ्य चौकीले सहयोग गर्ने पञ्चेश्वर स्वास्थ्य चौकी प्रमुख सुरेश सार्कीले बताउनु भयो ।

यस्ले गर्दा अनाथ बालवालिका र जेष्ठ नागरिकहरुलाई उपचारमा सहयोग पुग्ने स्वास्थ्य चौकीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्