कञ्चनपुर– कञ्चनपुरमा सर्पले डसेर दुई जना घाइते भएका छन् ।
जिल्लाको बेदकोट नगरपालिदका–१० सिसैयाका ५१ वर्षीय कालुराम सार्की घाइते भएका हुन । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै बेदकोट नगरपालिका–७ का २७ वर्षीय दानबहादुर धामी पनि सर्पले डसेर घाइते भएका छन् । धामीलाई उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।