बैतडी– सुदूरपश्चिमको बझाङ र बैतडी जोड्ने जयपृथ्वी राजमार्ग वर्षाका कारण अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण आएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। प्रहरीका अनुसार बैतडीस्थित ढोल्यामोड क्षेत्रमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको हो ।
अहिले अवरुद्ध राजमार्गमा सवारी र यात्रु अलपत्र परेका छन् ।










