साउने गित गाउँदै भाँण घर–घरमा

बैतडी– चैतको महिनामा चैतली जस्तै साउनको महिनामा साउने गित गाउँदै घर–घरमा गएर माग्ने चलन रहेको छ ।

साउनको महिना लागेसंगै भाँणहरुले प्रत्येक घरहरुमा गएर गित गाउँदै माग्ने चलन रहेको छ ।

भाँण भनेको दलित भनेर बुझिन्छ । पुरानो चलन र भाषा अनुसार अहिले कुमालहरुलाई भाँण भन्ने गरिन्छ । भाँण देवताका लागि काम गर्ने भन्ने बुझिन्छ । ठकुरीहरुको घरघरमा गएर साउनमहिनाभरी गित गाउँदै अन्न पानी माग्ने चलन रहेको साउने गित गाउँदै मेलौली पुगेका गंगाराम कुमाल (भाँण)ले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले हाम्रो बुवा बाँजेको पालामा खानाको कमि हुन्थ्यो । लगाउन कपडा हुन्थेन् । खलियाहरुबाट खलो लिएरै गुजारा गरिन्थ्यो । साउनको महिना आएपछि पर्वको महिना आए जस्तै लाग्थ्यो ।”

साउन लागेसंगै घरका दुई तिन जना सामुहिक रुपमा राजा (ठकुरी)हरुको घरमा गएर गित गाएर नाचेर खानेकुरा र लुगाकपडा माग्ने चलन रहेको उहाँ बताउनुभयो ।

साउनको महिना कालो हुने र उदयदेव महाराज, ठाकुर मन्दिरहरुमा गएर पालो बस्ने पहरा दिने लगायतका कार्य गर्ने गरेको उहाँ बताउनुहुन्छछ ।
उहाँले भन्नुभयो, “उदयदेव, ठाकुर मन्दिरहरुमा पालो बस्ने पहरा दिने गरिन्छ । जसकारण मन्दिर भित्र भुत भावरहरु पस्दैनन । देविदेवताको मन्दिरमा गएर धुप बत्ति गरे सुख समृद्धि शान्ति हुन्छ ।’’

तर पछिल्लो समय यो चलन हराउँदै गइरहेको छ । नयाँ पिढिले पुरानो संस्कार, रितिरिवाज विर्सदै गएको प्रति उहाँको चिन्ता छ ।
“हामी हुँदा सम्म गछौँ । तर अब हाम्रा छोराछोरी अर्थात नयाँ पिँढिहरुले यी यस्ता कार्य गर्न सक्दैनन । देविदेवताको पुजा आजा सामान्य गर्लान तर विस्वास लाग्दैन पुराना संस्कृति जोगाउन सक्दैनन्, कुमालले भन्नुभयो ।’’

साउन महिना लागेसंगै कुमाला (भाँण)हरु गाउँ–गाउँ, घर–घरमा गएर गित गाउँने गर्छन । त्यसको सट्टामा अन्न, कपडा, भाँडाकुँडा लगायतका सामग्रिहरु दिने चलन छ ।

पछिल्लो समय यो चलन छिटफुट रुपमा देख्न सकिन्छ । अहिले बढीजसो पैँसा दिने चलन रहेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्