धनगढी- सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दल प्रमुख सचेतकमा गीतादेवी माल मनोनीत भएकी छन् ।
मंगलबार संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए । यसअघिका प्रमुख सचेतक मानबहादुर धामी खगराज भट्टलाई हटाउँदै दलको नेता बनेपछि माओवादीको प्रमुख सचेतक पद खाली थियो ।
प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको छ ।