बैतडीमा पेट दुखेर एक किशोरीको अकालमै निधन

बैतडी– बैतडीमा एक किशोरीको अकालमै निधन भएको छ । जिल्लाको मेलौली नगरपालिका–९ असुर कल्मटाका गजीदत्त भट्टकी १७ वर्षीया छोरी प्रमिला भट्ट अकालमै निधन भएको हो।

विहीबार राति भट्टको घरमै निधन भएको वडा नम्बर ९ का वडा सचिव हिमालसिंह भाटले बताए । साँझको समयमा एक्कासी पेट दुखेको थियो ।

स्थानीय विशालपुर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया छाेड्नुहाेस्