बैतडीको लेकलुपुँड बिद्यालयमा विद्यार्थीले गरे तालाबन्दी

बैतडी– बैतडीको सिगास गाउँपालिका वडा नं ८ स्थित लेकलुपुँड माविमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । कक्षा ६ देखि ८ सम्म पढाउने नेपाली बिषय अध्यापन गराउने शिक्षकको माग गर्दै विद्यार्थीहरुले आइतबार विद्यालयमा तालाबन्दी गरेका हुन् ।

लेकलुँपुड माविमा कक्षा ६ देखि ८ सम्म नेपाली बिषय अध्यापन गराउने शिक्षक देवसिंह धामीको २०७८ फागुनमा सिगास –२ स्थित रण आधारभूत विद्यालयमा काज सरुवा गरिएको थियो । सोही बेलादेखि विद्यालयमा नेपाली बिषय पढाउने शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ ।

अहिलेसम्म अर्को शिक्षकको समेत व्यवस्थापन नगरेकाले नेपाली बिषय अध्यापन गराउने शिक्षकको व्यवस्था नहुञ्जेलसम्म विद्यालयमा तालाबन्दी गरिएको विद्यार्थीहरुले बताएका छन् ।

यसअघि भदौ ५ गते पनि विद्यार्थीहरुले विद्यालयमा शिक्षकको माग गर्दै तालाबन्दी गरेका थिए । त्यो दिन शिक्षकको व्यवस्थापन गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको थियो ।

तर नेपाली बिषय पढाउने शिक्षकको व्यवस्थापन नभएको भन्दै विद्यार्थीहरुले आज दोश्रो पटक तालाबन्दी गरेका विद्यालयका शिक्षक उत्तमबहादुर कुँवरले बताए । विद्यार्थीहरुको तालाबन्दीका कारण शिक्षकहरुले समेत हाजिर गर्न पाएका छैनन् ।

लेकलुपुँड माविमा दरबन्दी हुँदाहुँदै जबरजस्ती आफूलाई काज सरुवा गरेको भन्दै शिक्षक देवसिंह धामीले विद्यालयमा फर्कन मानेका छैनन् । यद्यपि उनको काज फिर्ता गरिएको छ ।

२०६१ सालदेखि लेकलुपुँड माविमा कार्यरत रहेका धामीले २०६८ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हालेका थिए । उनले २०७८ माघमा प्रधानाध्यापकको जिम्मेवारी छोडेका थिए । त्यसको एक महिनापछि उनलाई काज सरुवा गरिएको थियो ।

अपमानित तरीकाले आफूलाई विद्यालयबाट काज सरुवा गरेको र अनिवार्य अवकाश पाउन दुई बर्षमात्रै बाँकी रहेकाले आफू लेकलुपुँड माविमा जान नसक्ने शिक्षक धामीले बताउनुभयो ।

विद्यालयमा तालाबन्दी गरिएको बिषयमा जानकारी आएको र यो बिषयमा कार्यपालिका बैठकमा छलफल गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले बताउनुभयो ।

1 Comments Text
  • Avatar YouTube Downloader says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Great article! I really appreciate the clear and detailed insights you’ve provided on this topic. It’s always refreshing to read content that breaks things down so well, making it easy for readers to grasp even complex ideas. I also found the practical tips you’ve shared to be very helpful. Looking forward to more informative posts like this! Keep up the good work! YouTube Downloader Online
  • प्रतिक्रिया छाेड्नुहाेस्