बैतडी- विगत एक वर्षदेखि क्यान्सरको उपचार गराइरहेकी दशरथचन्द नगरपालिका– ७ की धौली बडुको थप उपचारमा सहयोगका लागि अपील गरिएको छ । समाजसेवी युवाहरुले बडुको उपचारका लागि सहयोग अभियान संचालन समेत गरेका छन् ।
मृगौला क्यान्सरबाट पीडित धौली विगत एक वर्षदेखि काठमाण्डौँमा उपचार गराइरहेकी छिन् । आफुसंग भएको प्रया सम्पत्ती बेचेर समेत उपचार खर्च धान्न नसकेपछि सहयोगको अपील गरिएको धौलीका श्रीमान जगदीश बडुले बताउनुभयो । युवाहरुले संचालन गरेको सहयोग अभियान पछि सहयोग समेत उठ्न थालेको छ ।
बडुको थप उपचारका लागि सहयोग गर्न परिवार र स्थानीय समाजसेवी युवाहरुले आग्रह समेत गरेका छन् ।
सहयोग गर्नुहुने महानुभावहरुले उहाँका भाई महाँदेव जोशीको तपशीलको खातामा सहयोग गर्न आग्रह गरिएको छ ।