बलात्कारको आरोपमा स्वास्थ्यचौकी इन्चार्ज पक्राउ

बैतडी- ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिगास गाउँपालिका- २ गाँजरी स्वास्थ्य चौकीका प्रमुख ४१ वर्षीय जनसिंह धामीलाई पक्राउ गरेको छ । धामीलाई बुधबारनै नियन्त्रणमा लिइएको थियो ।

बुधबार पीडित महिलाले दिएको जाहरीका आधारमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर बलराम पाण्डेले बताउनुभयो । आरोपित सिअहेब धामी जिल्लाको उत्कृष्ट स्वास्थ्यकर्मिका रुपमा समेत परिचित थिए ।

धामीले विभिन्न प्रलोभनमा पारि पटक-पटक जबरजस्तीकरणी गरेको पीडितको आरोप छ ।

प्रतिक्रिया छाेड्नुहाेस्