६ लाख क्षतिपुर्ती दिने सहमती पछि खुल्याे खोड्पे-बझाङ सडक

बैतडी- करेन्ट लागेर मृत्यु भएका १२ वर्षीय बालक बसन्त बोहराको परिवारलाई साढे ६ लाख क्षतिपुर्ति दिने सहमति पछि खोड्पे बझाङ जोड्ने जयपृथ्वीबहादुर राजमार्ग संचालनमा आएको छ ।

बालकको मृत्यु भएपछि हिजो दिउँसो साढे ४ बजेदेखि घटनाको पूर्ण जिम्मेवारी विद्युत वितरण केन्द्रले नै लिनुपर्ने माग सहित स्थानीयले राजमार्ग अबरुद्ध गरेका थिए । पीडित पक्षसंगको सहमति पछि राजमार्ग संचालनमा आएको हो । अबरुद्ध सडक खण्ड गएराती २ बजेदेखि खोलिएको हो । मृतक बालको परिवारलाई क्षतिपुर्ती बाफत पाउने ५ लाख र विद्युत कार्यालयले थप डेढ लाख सहित साढे ६ लाखको सहमतीपछि अबरुद्ध सडक खुलाइएको प्रहरीले जनाएको छ ।

विद्युत वितरण केन्द्रले लाईन विस्तारमा लापरवाही गरेर तानिएको तारमा छोइनगई बालकको मृत्यु हुनगएको भन्दै पीडितले विद्युत वितरण केन्द्रलाई आरोप लगाएका थिए । उक्त घटनामा सिगास गाउँपापलिका ९ बाच्पानी बस्ने दिपक बोहराका १२ वर्षीय छोरा बसन्त बोहराको शुक्रबार दिउँसो घरनजिकैको जंगलमा बाख्रा चराउन गएका बेला भुई नजिकैबाट तानिएको तारमा छोइनगई करेन्ट लागेर मृत्यु भएको हो ।

घटनाबारे छानबिन समिति बनाउने विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले बताए ।

1 Comments Text
  • Avatar YouTube Downloader says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Great article! I really appreciate the clear and detailed insights you’ve provided on this topic. It’s always refreshing to read content that breaks things down so well, making it easy for readers to grasp even complex ideas. I also found the practical tips you’ve shared to be very helpful. Looking forward to more informative posts like this! Keep up the good work! YouTube Downloader Online
  • प्रतिक्रिया छाेड्नुहाेस्