‘लभ’ मा धोका दिएको भन्दै सुदूरबाट झापा गएर गर्लफ्रेन्डको हत्या

कैलाली– प्रेममा धोका पाएपछि कैलालीका एक युवकले आफ्नो प्रेमिका (गर्लफ्रेन्ड) को हत्या नै गरेका छन् ।

कैलालीबाट झापाको बिर्तामोड पुगेर युवकले प्रेमिकाको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । युवकले अन्धाधुन्ध छुरा प्रहार गरेर युवतीको हत्या गरेका छन् ।

बिर्तामोडको महानन्द चौकमा शुक्रवार साँझ छुरा प्रहारबाट १९ वर्षीया मनिषा लोहारको मृत्यु भएको हो । लोहार इलामको सूर्याेदय नगरपालिकाको फिक्कलकी हुन् ।

उनको हत्या आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोहारलाई पटकपटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले नियत्रन्त्रणमा लिएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाकी सूचना अधिकारी मेहघी तामाङले बताइन् । कुटपिटबाट सामान्य घाइते भएका उनको मेची अस्पतालमा उपचार भइरहेको छ ।

उनको टाउँकोमा गम्भीर चोट लागेको छ । मादक पदार्थ सेवन गरेर प्रेमीकाको हत्या गरेको खुल्न आएको छ । प्रेममा धोका खाएपछि उनले कैलालीबाट गएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘प्रेममा धोका खाएपछि प्रेमिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ सूचना अधिकारी तामाङले भनिन, ‘अनुसन्धान जारी छ । अनिलले आफू बिर्तामोडतिर नै बस्ने गरेको दाबी गरे पनि उनी पहिलो पटक आएको अनुसन्धानले देखाएको सूचना अधिकारी तामाङले बताइन् ।

प्रतिक्रिया छाेड्नुहाेस्