दार्चुलामा ८ जना जुवाडे पक्राउ

दार्चुला– दार्चुलामा ८ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको महाकाली नगरपालिका–४ खंलगा विद्यानगर बस्ने ५७ वर्षीय गोबिन्द धानुकको घरको माथिल्लो तल्लामा लुकीछिपी जुवातास खेलिरहेको अवस्थामा आइतवार ८ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा घरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा धानुक (घर धनी)सहित ८ जनालाई नगद ९३ हजार २२० र १ गड्डी ताससहित नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्