बैतडीको देहिमाण्डौँमा भोलि जात्रा

बैतडी– बैतडीको दशरथचन्द नगरपालिकामा भोलि सार्वजनिक बिदा दिइएको छ ।

नगरपालिका–२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्राका लागि स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला आइतबारदेखि शुरु भइसकेको छ । जात्राको मुख्य दिन भोलि असोज १ गते मंगलबारका दिन सार्वजनिक बिदा दिइएको हो ।

जात्राका अवसरमा नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्