कञ्चनपुर– कञ्चनपुरको जोगबुढा नदी किनारमा एक युवक मृत फेला परेका छन् ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० कुटियाकभर स्थित जोगबुढा नदिको किनारमा सोही ठाउँ बस्ने ३५ वर्षीय दिपक सुनार आज (बुधवार) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










