अत्तरियास्थित बैतडी–पुर्चौँडी होटलमा एक जना मृत फेला

कैलाली– कैलालीको अत्तरियास्थित एक होटलभित्र एक जना मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका–२ रीङरोडस्थित बैतडी–पुर्चौडी होटलको कोठा नम्बर १०४ मा एक जना मृत अवस्थामा फेला परेका हुन् ।

डडेल्धुराको पर्शुराम नगरपालिका–२ घर भएका ७२ वर्षीय काशीसिंह बोहरा शुक्रबार होटलभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्