सुदूरपश्चिमको बजेट बहुमतले पारित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ ।

भदौ ३१ गते प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए ।

तर आइतबार भने बजेट बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले विपक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया छाेड्नुहाेस्