काठमाण्डाैँ- पार्टीभित्रको तिक्तता मेटाउन नेपाली कांग्रेस बैतडी-काठमाण्डौँ सम्पर्क समितिले चियापान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सम्पर्क समितिले बुधबार काठमाण्डौँको धुम्बाराही स्थित लर्ड पार्टीप्यालेसमा कार्यक्रमको आयोजना गरको समितिका अध्यक्ष भाष्कर चन्दले बताउनुभयो ।
कार्यक्रममा बैतडी कांग्रेस सभापती चतुरबहादुर चन्द, नेपाली कांग्रेसका नेता एवं बैतडीको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउद, महासमिति सदस्य इन्जिनियर दिपेन्द्र बहादुर चन्द, जिल्ला सदस्य हीमाल बम, क्षेत्र नं. २ का क्षेत्रीय सभापती शिवराज भट्ट लगायत काठमाण्डौँमा उपलब्ध नेता कार्यकर्ता तथा सुभेच्छुक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं पार्टी सभापती चतुरबहादुर चन्दले लोकतान्त्रिक पार्टीमा फरक मत राख्नु अन्यथा नभएपनि पार्टीको हीत विपरित क्रियाकलाप राख्न नहुँने बताउनुभयो । उहाँले भन्नुभयो नेपाली कांग्रेस लोकतन्त्रको अगुवा गर्ने पार्टी हो । हामीले छलफल, सहकार्य र सहअस्तित्वको बाटोबाट पार्टीलाई एक ढीक्का बनाएर लग्नुपर्छ ।’
बैतडी–काठमाण्डौँ सम्पर्क समितिले विजया दशमीको अवसरमा आयोजना गरेको कार्यक्रममा देखिएको उल्लेख्य सहभागिताले सकारात्मक सन्देश दिएको उहाँको भनाई थियो । पार्टीका काममा इमान्दारिताका साथ सक्रिय हुन समेत उहाँले निर्देशन दिनुभएको छ । काठमाण्डौँ सम्पर्क समितिले आर्थिक अभावले उपचारबाट बञ्चित बैतडीवासी नागरिकहरु, समस्यामा परेका विद्यार्थी लगायतको समस्या समाधानका लागि अभियान संचालन गर्ने र सम्बन्धित निकायसंग समस्या समाधानका लागि समुन्वय गर्ने काम गरिरहेको समितिका अध्यक्ष भाष्कर चन्दले बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिमका चर्चित डेउडा गायक महेशकुमार औझी, डेउडा गायक गोपाल दयाल, गायीका कल्पना विष्ट र कलाकार नरेन्द्र जोशीले सांगीतिक प्रस्तुती राखेका थिए । आगामी दिनमा समेत सम्पर्क समितिले बैतडी-संघीय राजधानी काठमाण्डौँको सेतु (पूल) का रुपमा काम गर्ने चन्दले बताउनुभयो ।