ब्याङ्लोरमा श्रीमानलाई कुटेर डडेल्धुराकी एक महिला फरार

धनगढी– डडेल्धुरा घर भएकी एक महिला आफ्ना श्रीमानलाई कुटेर फरार भएकी छन् । जिल्लाको आलिताल गाउंपालिका वडा नम्बर ३ घर भएकी महिलाले आफ्ना श्रीमानलाई धारीलो हतीयार समेत प्रहार गरि फरार भएकी हुन् ।

रोजगारीको सिलसिलामा भारतको ब्याङ्लोरमा बस्दै आएका मनोज धामीलाई उनकी श्रीमतिले कुटपिट गरेकी हुन् । सामान्य बिबादमा मनोजकी श्रीमती कमला धामीले मनोजमाथि कुटपिट गरेकि थिईन् ।

सेप्टेम्बर २ तारीकका दिन मनोज सुतेको समयमा फरार भएको मनोज धामीले बताए ।

एक दिन अघि खाना खाने विषयमा दम्पतिबिच सामान्य बिबाद भएको थियो । सोहि विवादमा कमलाले मनोजको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट गरेको मनोजले बताए ।

खाना पस्किदेउ भन्दा आफै हालेर खाउ भन्दै आँखामा खुर्सानीको धुलो फालिदिएको उनले बताए ।

कमाले कुटपिट गर्दा आफ्नो अगाडीको तीन दाँत भाचिको बताए । उनीमाथी खुकुरी प्रहार समेत भएको उनले बताए ।

तर आफुलाई घाइते बनाएर कमला फरार रहेको उनले दुखेसो गरे । आफुले कमाएको जम्मै रकम तथा सम्पत्ति कमलासंगै रहेको उनको भनाई छ ।

आफुले कमाएको रकम पनि कमलाले आफ्नो माइतीको नाममा राखने गरेको मनोजको परिवारले बताएको छ । धामी दम्पतिको एक ५ वर्षको छोरा समेत रहेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्