अछाममा कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुँदै

अछाम– अछाममा कोभिड –१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

कोभिड १९ भाइरसले आनुवांशिक स्वरुप परिवर्तन गरेर फैलिरहेको हुँदा स्वास्थ्य मन्त्रालयको नीति अनुसार जिल्लामा पनि खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

अछामका सबै पालिकामा ९ गतेदेखि १४ गतेसम्म कोभिड विरुद्धको फाइजर खोप दिने तालिका रहेको बताइएको छ ।

यो भन्दा पहिला कोरोना विरुद्धको खोप नलगाएका १२ बर्षभन्दा माथिका सबै नागरिक र कोरोना खोप लगाएको १ बर्ष पूरा भएका १२ बर्षमाथिका सबै नागरिकलाई कोभिड –१९ विरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

स्वास्थ्य कार्यालय अछामका अनुसार जिल्लाका सबै वडाका ९२ वटा स्वास्थ्य संस्थाहरुबाट कोरोना विरुद्धको खोप लगाइने छ ।

प्रतिक्रिया छाेड्नुहाेस्