धनगढीमा होटेल चलाउने अछामका एक जना पक्राउ

धनगढी- कैलालीको धनगढीमा होटेल सञ्चालन गरिरहेका अछामका एक जना लागूऔषधसहित पक्राउ परेका छन् ।

अछामको चौरपाटी गाउँपालिका–१ घर भई हाल धनगढी बसपार्क स्थित प्रियंका होटेल सञ्चालन गरिरहेका होटेल संचालक ३६ वर्षीय विजय साउँद पक्राउ परेका हुन्।

उनी धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट ३ ग्राम ३८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेका हुन् ।

आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया छाेड्नुहाेस्