बैतडी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैतडीमा पनि विरोध ¥याली निकालेको छ । आज जिल्ला सदरमुकामस्थित शाहिलेक बजारबाट गोठालापानी हुदै गढीमा कोणसभा गरेर विरोध प्रर्दशन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका विधेयक मन्थन बिभाग केन्द्रिय सदस्य भोजराज जोशी (क्वालीटी) ले बताउनुभयो ।
ठुला भ्रष्टाचारका आरोपितहरुलाई वर्तमान सरकारले संरक्षण गरेको तथा आफ्ना पार्टी सभापती रवि लामिछानेलाई राजनीतिक पुर्वाग्रहका आधारमा पक्राउ गरिएको विरोधमा रास्वपाले बिरोध गरिरहेको छ । देशका विभिन्न ठाउँमा रास्वपाले बिरोध प्रदर्शन तथा आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ ।
वर्तमान सरकार भ्रष्टाचारीको संरक्षण गररहेको तथा साना दलहरुप्रति प्रतिशोध साधिरहेको रास्वपाको आरोप छ ।