शिबनाथको खाण घाट बाट एक लाख बढिको भन्सार छलिका सामान बरामद

बैतडी –बैतडीको शिवनाथमा रहेको खाण घाटबाट एक लाख बढीका भन्सार छलीका सामग्री बरामद गरिएको छ । 

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शिवनाथ गाउँपालिका–१ नागार्जन खाणघाटस्थित महाकाली नदी किनारबाट भन्सार छलीका अवैध सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 


सोमबार खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका १ लाख १० हजार ६ सय ११ रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो । 

चिनी, मिश्री, चामल,आटा, स्याम्पु, खेलौना लगायतका भन्सार छलीका सामग्री बरामद गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । बरामद गरिएको सामग्रीलाई आज महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने उनले बताए । 

प्रतिक्रिया छाेड्नुहाेस्