बैतडीमा एक जना मृत फेला

बैतडी- बैतडीमा एकजना मृत अबस्थामा फेला परेका छन्।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ सार्कीटोलका ६० बर्षीय मोहनराम भुल मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिएका छन्।

कार्तिक ३० गतेदेखि हराइरहेका भुलको शव घरबाट झण्डै दुई किलोमिटर टाढा रहेको खनेटा भीरमा शनिबार साँझ फेला परेको हो ।

घरबाट कसैलाई जानकारी नदिइ निस्केका भुलको लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्