बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकाको वडा नं –४ स्थित धुरा कैलपाल मन्दिरमा आज र भोली मेला लाग्ने भएको छ ।
जात्राको उपलक्ष्यमा गाउँपालिकाले दुई दिन बिदा दिएको छ । धुरा कैलपालमा मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लेख्य र उल्लासमय सहभागिता रहने भएकाले पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनु भयो ।
आज र भोली गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था लगायतमा सार्वजनिक बिदा रहेको उनले बताए ।
जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत आउने गर्दछ्न ।
धुरा कैलपाल मन्दिरको जात्रामा सहभागी हुने दर्शनार्थीहरुको सहजताका लागि गाउँपालिकाले खानेपानीको व्यवस्थापन गरेको छ ।
स्थानीय मेलालाइ सभ्य र भव्यताका साथै शान्तिपुर्ण तरिकाले मनाउन गाउपालिका उपाध्यक्ष बिना भट्टले सबैमा आग्रह समेत गरिन् ।










