बैतडी- लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । हिंसारहित समाज निर्माणको उद्देश्यसहित आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको हो । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको छ ।
जस अन्र्तगत बैतडीमा पनि आज यसको सुरुवात गरिएको छ । अभियानको अवसरमा आज जिल्ला सदरमुकाम गोठलापानी देखि गढी सम्म प्रभातफेरी कोणसभाको गरिएको दशरथचन्द नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताउनुभयो ।
दशरथचन्द नगरपालिका, दलित समाज विकास मञ्च र विभिन्न साझेदार संस्थाहरुको सहयोगमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला समुन्वय प्रमुख खगेन्द्रसिंह धामी, दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुष्करराज जोशी, प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु र सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
१६ दिन सम्म नगर भित्रका केहि बिद्यालयमा अभिमुखीकरण तथा विभिन्न कार्यक्रमको आयोजना गरेर अभियान मनाइने कुँवरको भनाई छ ।