प्रहरी र किशोरीबिच प्रविधि सुरक्षा सम्बन्धि अन्र्तक्रिया

बैतडी- बढ्दो प्रविधिको प्रयोगले हुने साईबर अपराधबाट बच्ने उद्देश्य सहित प्रहरी र किशोरीहरुबिच प्रविधि अन्र्तक्रिया कार्यक्रम गरिएको छ । दिलत समाज विकास मञ्चले जिल्ला सदरमुकाम स्थित बिरेन्द्र मावि शाहिलेकमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी मकेन्द्र मिश्रले बढ्दो प्रविधिको दुरुपयोगको सिकार विद्यालय उमेरका किशोर–किशोरीपनि हुने क्रम बढेकाले यस सम्बन्धि सचेत रहन आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल बार एसोसिएशन बैतडीका अध्यक्ष हरिदत्त भट्टले विद्युतीय अपराध सम्बन्धि कानूनी व्यवस्था र अदालती प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

बिरेन्दै माविका प्रधानाध्यापक हर्कबहादुर चन्दले विद्यार्थीहरुले प्रविधिको प्रयोग सकारात्मक कुराका लागि गर्नुपर्ने बताउनुभयो ।

दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा जिल्ला प्रहरी प्रमुख, कानून व्यवसायी, किशोर–किशोरी समुहका प्रतिनिधिहरु, विद्यालय नर्श, अधिकारकर्मि, सम्बन्धित शिक्षक, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

लैङ्गिक हिंसाकै अवसर पारेर उक्त अन्र्तक्रिया कार्यक्रम समेत गरिएको दलित समाज विकास मञ्च बैतडीद्वारा संचालित बालविवाह अन्त्यका लागि छिटो मिलन रोकथाम कार्यक्रमका कार्यक्रम संयोजक सुरेश सेरलाले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्