बैतडी- बैतडी जिल्ला सदरमुकाम गढी (टुडिखेलमा) निर्माण सम्पन्न सभा भवनको उत्घाटन गरिएको छ । जिल्ला समुन्वय समिति, बैतडीको उक्त भवनका आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । अपाङ्गमैत्री समेत रहेको सभा भवनबाट जिल्ला समुन्वय समितिले सेवा समेत दिने छ । भवनमा एउटा सुविधासम्पन्न सभाहल समेत छ । २ सय जना सम्मको बैठक तथा कार्यक्रम गर्नसकिने भवन रहेको जिल्ला समुन्वय समिति सदस्य प्रेम सिंह भाटले बताउनुभयो ।
उत्घाटन समारोहमा सहमागि सरोकारवालाहरुले जिल्लामा उक्त सभाहलले विभिन्न कार्यक्रम तथा गोष्ठिहरु गर्न सहज हुने बताएका छन् । ०७४ ठेक्का भएको भवन निर्माण व्यवसायीको लापर्वाहीले अलपत्र थियो एक वर्ष अघि ठेक्का रद्ध गरी रि–टेन्डर गरेर भवन निर्माण गरिएको हो । दाश्रो पटक ठेक्का पाएको धुनीमाई निर्माण सेवाले समयमै निर्माणकार्य सम्पन्न गरि समुन्वयलाई हस्तान्त्रण गरेको समुन्वय प्रमुख खगेन्द्र सिंह धामीले बताउनुभयो ।
अबका दिनमा सरकारी तथा गैरसरकारी स्तरका कुला कार्यक्रम गर्न र समुन्वय समितिको सेवा प्रभावहमा समेत भवनले सहयोग पुग्ने उहाँको भनाई छ । भवन अपाङ्गमैत्री भएकाले पनि फरक क्षमता भएका व्यक्तिहरुले पनि सहज रुपमा आवत–जावत गर्न सक्ने समुन्वय उपप्रमुख दमनबहादुर कुँवरले बताउनुभयो । सरकारीस्तरबाट निर्माण हुने संरचनाहरु अपाङ्गमैत्री हुनुपर्ने उहाँको भनाई छ ।