सेनाले खोल्यो दार्चुलाको तुसारपानी–टिंकरमा १३.५९ किमी ट्र्याक

दार्चुला– नेपाली सेनाले दार्चुलाको तुसारपानी–टिंकर सडकमा १३.५९ किमी ट्र्याक खोलेको छ । दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकरको ७९ किलोमिटर ट्रयाक खोल्नुपर्नेमा सेनाले अहिलेसम्म १३.५९ किमि मात्र खोल्न सकेको छ ।

सेनाले २०७७ माघ २८ गतेबाट दार्चुला–टिंकर सडक निर्माण थालनी गरेको हो ।

सो आयोजना अघि बढाउन चालू आर्थिक वर्षका लागि सरकारले ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उक्त बजेटबाट १ दशमलव ८ किमी नयाँ ट्रयाक खोल्ने र १ दशमलव २ किमी सडक स्तरोन्नति गर्ने लक्ष्य रहेको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताए । बजेट थोरै भएको उनले बताए ।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म कुल ४२५ किलोमिटर छ । कठिन खण्डको काम सेनालाई दिइएको छ ।

सेनाले आर्थिक वर्ष २०८८÷८९ भित्र ट्रयाक खोलिसक्नुपर्ने सम्झौता छ ।

सडक नबन्दा सदरमुकाम दार्चुलाबाट आफ्नै देश छाँगरू, टिंकर, कालापानीलगायत स्थान पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

अहिले पनि टिंकरका स्थानीय भारतीय बाटो हुँदै खलंगा बसाइँ सरेका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्