नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक विजयी भएको छ। सुदुरपश्चिमले बिहीबार देस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्यो। काठमाडौंको भने यो दोस्रो हार हो।
सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५।५ ओभरमा ९४ रनमा अलआउट भएको थियो। सुदूरपश्चिमका युवा स्पिनर नरेन साउदले पाँच विकेट लिएपछि काठमाडौंले हार व्यहोर्नु परेको थियो ।
काठमाडौंका लागि स्टेफन स्किनाजीले सबैभन्दा बढी ३७ रन जोडे। उनले नरेन साउदको बलमा इशान पाण्डेबाट क्याच हुनुअघि ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। काठमाडौंका ओपनर चल्न सकेनन्। ओपनरद्वय माइकल लेभिट ५ रन र शंकर राना ३ रनमा आउट भएका थिए।
भीम सार्की र गेरार्ल्ड इरासमस १०(१० रन जोडेर आउट भए। सुमित महर्जन पनि १४ रन जोडेर आउट भएपछि काठमाडौं दबाबमा आएका थिए।
भरखरै यू(१९ टोलीबाट एसिया कप खेलेर आएका उनले ३।५ ओभरमा १९ रन खर्चिए। अभिनास बोहराले २ विकेट लिए। उनले ३ ओभरमा १ मेडन राख्दा १२ रन मात्र दिए।
त्यसअघि काठमाडौं गुर्खाजविरूद्ध सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो। टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि स्कटिस ब्याटर ब्रान्डन मक्मलेनले अर्धशतक प्रहार गरेका थिए।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ रन जोडे। ओपनिङमा आएका सइफ जबइले ११ रन मात्र जोड्न सके। उनी दोस्रो ओभरको अन्तिम बलमा काठमाडौंका रसिद खानबाट बोल्ड भएका थिए। अर्का ओपनिङ ब्याटर विनोद भण्डारीले भने २८ बलमा ३५ रन बनाउनु भयो भने रोहन मुस्ताफ भने ४ रनमा रसिद खानबाट बोल्ड भए। स्कट कुगेलेइनले नटआउट ७ रन जोडे।