बझाङमा आमाको मृत्यु सहन नसक्दा छोरीले पनि श्वास छोडीन, आमाछोरीको सगैँ दाहसंस्कार

बझाङ – बझाङमा एक जना महिलाको ढुगां लागेर मृत्यु भयो । जिल्लाको थलारा गाउँपालिका–९ कि ३८ बर्षीया पच्चकला जोशीको मृत्यु भयो ।

स्वास्थ्य स्वयमसेविका समेत रहेकि जोशिको शनिबार मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो ।

आमाको मृत्युको दुख सहन नसक्दा उनकी छोरीको पनि मृत्यु भएको छ ।

आमाको मृत्युको खबर सुनेपछि धनगढीमा पढाइ गरिरहेकी छोरी रोहिणी आइतबार आइतबार घर गएकी थिइन् । स्थानीयका अनुसार शव देख्नबित्तिकै उनी बेहोस भएर ढलेकि थिइन् ।

हिजो अपरान्हसम्म बेहोस अवस्थामै रहेकी उनको अवस्था पनि गम्भीर बन्दै गएपछि आफन्तले चैनपुरस्थित जिल्ला अस्पताल पुर्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।

सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ । आमा–छोरीको मृत्युको कारण यतिबेला आमबगर गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्