बसले थिचेर ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

काठमाण्डौँ– बसले थिचेर ड्युटीमा रहेका एक जना प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

सर्लाहीमको बलरा नगरपालिका–९ छतौना बोर्डर आउट पोष्ट (बीओपी) मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि गएराति बाग्मती प्रदेश ०१–००६ ख २००४ नम्बरको बस बजारिँएको थियो ।

घाइते भएका तुलाधरको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थलबाट बस चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्