बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

बझाङ– बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।

जिल्लाको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा तलकोट गाउँपालिका–२ मा से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाका अनुसार जीप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामी र धामीकै नातिनी छ वर्षीया बालिका आकृति धामीको मृत्यु भएको हो ।

तीन जनाको घटनास्थलमै र बालिका धामीको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा मृत्यु भएको इन्सपेक्टर ठगुन्नाले बताए ।

बिहीबार राति दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया छाेड्नुहाेस्